बामदेव गौतमको सुनुवाई स्थगित

सर्वोच्च अदालतमा बुधबार सुनुवाई तोकिएको नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको छ।

न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण भएपछि तीन दिनदेखि सर्वोच्चको सेवा प्रभावित भएको छ।

बुधबार सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयालको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ।

गौतमको राष्ट्रिय सभा सदस्य पदसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा सुनुवाई भइरहेको थियो। तर, बुधबार उक्त इजलास नै राखिएको छैन।

सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए। 

असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई गरिएको थियो। त्यस दिनपनि सुनुवाइ नसकिएपछि बुधबारका लागि सरेको थियो। 
 

प्रकाशित मिति: : 2020-10-07 13:53:34

प्रतिकृया दिनुहोस्