प्रदेश ५ को प्रदेश सभा बैठक सुरू, आजै राजधानी र नामबारे मतदान हुने (लाइभ)

प्रदेश ५ को प्रदेश सभा बैठक सुरू भएको छ। संसद बैठक १२ बजे सुरू हुने बताए पनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक ढिलागरी सुरू भएको हो।

आजको बैठकमा प्रदेश ५ को राजधानी र नामबारे मतदान हुने कार्यसूची छ।

मंगलबार दिउँसो सुरू भएको संसद बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया बोलिरहेका छन्।

यसपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा सम्बोधन गर्ने कार्यसूची छ। कार्यसूचीअनुसार आजै स्थायी राजधानी र नामबारे मतदान हुँदैछ।

आजको प्रदेश सभा बैठकमा सांसदको टेबुलमा माइक छैन। सोमबार कांग्रेस सांसदले कुर्सी उचालेर टेबुल र माइक तोडफोड गरेपछि आज माइक हटाइएको हो।

प्रकाशित मिति: : 2020-10-06 13:36:37

प्रतिकृया दिनुहोस्