नेविसंघ समर्थित विद्यार्थीले गरे त्रिविका उपप्राध्यापकमाथि रड प्रहार

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि विद्यार्थीले रड प्रहार गरेका छन्।

विश्वविद्यालय परिसर कीर्तिपुरमा नै मंगलबार उनीमाथि कुटपिट भएको हो।  रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ।

उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको  त्रिविका प्रवक्ता सूर्य अधिकारीले जानकारी पाएको बताए।

चलाउने समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक हुन्। उनलाई नेविसंघ समर्थित विद्यार्थीले आक्रमण गरेको आरोप छ।

प्रकाशित मिति: : 2020-10-06 12:28:42

प्रतिकृया दिनुहोस्