सरकारलाई साझा पार्टीको प्रश्न : डा. गोविन्द केसीलाई मार्नै खोजेको हो?

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीलाई मार्नै खोजेको हो भनेर साझा पार्टीले सरकारसँग प्रश्न गरेको छ।  

सोमबार विज्ञप्ति जारी गर्दै साझाले २२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएकोप्रति गम्भीर चिन्ता प्रकट गरेको हो। 

पार्टीका सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ– डा केसीले १९औं अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो।’

अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले असंवेदनशीलता प्रकट गरिरहेको उल्लेख गर्दै साझाले प्रश्न गरेको छ–‘के सरकारले डा केसीलाई मार्नै खोजेको हो?’

प्रकाशित मिति: : 2020-10-05 14:29:14

प्रतिकृया दिनुहोस्