प्रदेशको नामाकरणसम्बन्धी छलफल गर्न बोलाएको बैठकमा कांग्रेसद्वारा नारावाजी

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ। 

सोमवार भएको सभा सुरु हुनु अगाडि सर्वदलीय बैठक बसेको थियो। बैठकमा नेपाली कांग्रेसले प्रस्ताब केही दिन रोकेर सहमतिमा अगाडि बढ्न अनुरोध गरेको थियो।

तर नेकपाले कांग्रेसको प्रस्तावमा सहमति जनाएन्। 

प्रदेशसभाको सोमबारको बैठक सुरु हुनासाथ समय लिएर बोलेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्ने बताए। त्यसपछि उनले बैठक चल्न नदिने बताएका थिए। 

लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन्। उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन्।

संसद बैठक २ बजेसम्मका लागि स्थगित भएको छ।
 

प्रकाशित मिति: : 2020-10-05 14:20:42

प्रतिकृया दिनुहोस्