हाथरसमा प्रियंका गान्धीमाथि भएको दुर्व्यवहारको अनुसन्धान हुने

कांग्रेस महासचिव प्रियंका गान्धीमाथि भएको दुर्व्यवहारबारे प्रहरी कार्यालयले अनुसन्धान गर्ने भएको छ।

नोएडा प्रहरीले यस प्रकरणमा थप अनुसन्धानको आदेश दिँदै कुनै सक्षम महिला अधिकारीको नेतृत्वमा छानबिन हुने बताएको हो।

केही दिनअघि बलात्कारपछि हत्या भएकी किशोरीका परिवारलाई भेट्न हाथरस जाने क्रममा राहुल गान्धी र प्रियंका गान्धीलाई रोक्नका लागि डिएनडीमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो। यस क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो।

नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन्।   

उनीले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए। 

यसबारे छानबिन हुने प्रहरीले जनाएको हो।

हाथरसमा बलात्कारपछि हत्या भएकी बालिकाको शव प्रहरीले मध्यरातमा जलाएर घटनालाई ढाकछोप गरेको आरोपमा प्रदर्शनहरु भइरहेका छन्।

अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंकासहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ।

भारतीय दण्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उनीहरुका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलंघन गरेको दावी गरेको छ।    
 

प्रकाशित मिति: : 2020-10-05 13:04:25

प्रतिकृया दिनुहोस्