‘समाजसेवामा लाग्न चाहनेलाई स्वागत गर्न हिमानी ट्रस्ट आतुर छ’

हिमानी ट्रस्टले समाजसेवामा लाग्न चाहनेलाई स्वागत गर्ने जनाएको छ।

बिहीबार ट्रस्टका अध्यक्ष हिमानी शाहले एक भिडियो सन्देश जारी गर्दै सातै प्रदेशका युवाहरुलाई ट्रस्टमा स्वागत गर्न आतुर रहेको बताएकी हुन्।

‘समाजसेवाको उद्देश्यलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउ र छिटोभन्दा छिटो प्रभावित क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यस ट्रस्टले देशको सातै प्रदेशबाट आह्वान गरेबमोजिम स्वस्फुर्त रुपमा लाग्न चाहाने स्वयमसेवीलाई हार्दिक स्वागत गर्दछौं,’ उनले भनेकी छिन्।

उनले एक नेपालीको अर्को नेपालीप्रति भाइचार र बन्धुत्व कायम राख्दै डर, जता र धर्मको वास्ता नगरि समाजसेवामा लाग्न अनुरोध गरेकी छिन्।

‘देशले सामना गर्ने विपत्ति र संकटको बेला सेवा गर्नु नै हाम्रो कर्तव्य हो। हरेक रुखले फल दिनुपर्छ भन्ने छैन, छाँया समेत दिन्छ। परोपकार नै पुन्य कर्म हो,’ उनले भनेकी छिन्।

देश गणतन्त्रमा रुपान्तरण भएपछि हिमानी ट्रस्टमार्फत समाज सेवामा सक्रिय छिन्। ट्रस्टले विभिन्न ठाउँमा सहयाेग गर्दै आएकाे छ। खासगरी महिला, युवा, बालालिका र ज्येष्ठ नागरिकलाई सहयोग गर्छ। 

प्रकाशित मिति: : 2020-10-01 23:16:46

प्रतिकृया दिनुहोस्