अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच छैन, संघको नाम र झन्डा प्रयोग गर्नेलाई कारवाही गर: नेविसंघ आरआर

नेपाल विद्यार्थी संघ आरआर इकाईले अनलाइन कक्षा सञ्चालनको नाममा नेपाल विद्यार्थी संघको नाम र झन्डा प्रयोग गरिएको भन्दै उक्त गतिविधिमा ध्यानाकर्षण भएको जनाएको छ। 

बिहीबार संघका अध्यक्ष सन्जिब ढकाल, सचिव अनुराग शाह, असोक सिह बिष्ट, उपाध्यक्ष रामजी बस्ने, जितेन्द्र तिमल्सिनाले एक विज्ञप्ति जारी गर्दै संगठनको धारणा भन्दा फरक गतिविधिमा संलग्न हुनेहरुलाई कार्वाही गर्न केन्द्रिय समितिसँग माग गरेका छन्।

विज्ञप्ति जारी गरेपछी नेविसंघका सचिव शाहले संगठनमा ब्यक्तिवादी प्रवृत्ति हावी भए संगठन कमजोर बन्ने भन्दै त्यस्ता प्रवृत्ति त्याग्न सबैलाई आग्रह गरे।

उनले नेविसंघले नै अनलाइन कक्षा सञ्चालनमा सबै विद्यार्थीको पहुँच नभएको भन्दै त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षण गराइरहेको बेला आरआरमा अनलाइन कक्षा सञ्चालन गर्छ भनेर प्रचार गर्नु संघको निर्देशन बिपरित भएको पनि जिकिर गरे। 

अनलाइन कक्षा सर्वसुलभ शिक्षाविरुद्धमा भएको भन्दै यसलाई रोक्नुनै अहिलेको आवस्यकता भएको उनले तर्क गरे।

प्रकाशित मिति: : 2020-10-01 17:49:19

प्रतिकृया दिनुहोस्