बलात्कारका घटना रोक्न गाह्रो भयाे: आईजीपी थापा

प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले बलात्कारका घटनामा अधिकांश नजिकका व्यक्ति संलग्न हुने भएकाले रोक्न गाह्रो भएको बताएका छन्। 

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनले भने,‘यस्ता घटनामा प्रहरीले अनुसन्धान गरेकाा छौँ र ८० प्रतिशत अपराधी पक्राउ गरिएको छ। तर, नजिकका व्यक्ति संलग्न हुने र मिलापत्र गरिने भएकाले यसलाई रोक्न नसकिने स्थिति आएको छ।’ 

उनले प्रदेश २ र प्रदेश ५ का सीमावर्ती जिल्लामा हुने घटनाका अपराधी भने भारततिर भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको बताए।

यता बझाङकी सम्झना कामीको बलात्कार तथा हत्याका आरोपी राजेन्द्र बोहोराले अपराध स्वीकार गरेको संसदीय समितिलाई उनले जानकारी दिए । सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या भएको थियो।

‘सम्झना कामीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिले अपराध स्वीकार गरिसकेका छन्,’ थापाले भने, ‘यसअघिको घटना मिलाउने व्यक्तिहरूविरुद्ध पनि मुद्दा चलाइने भएको छ। 

उनले अघिल्लो घटनामा प्रहरीलाई उजुरी दिएको भए सम्झनामाथि यो घटना सायद नहुने तर्क गरे। ‘उजुरी दिनभन्दा मिलेर घटना दवाइयो। उजुरी गरेको भए उक्त व्यक्ति अहिले पुर्पक्षका लागि थुनामा हुने थिए,’ उनले भने। 

प्रकाशित मिति: : 2020-09-30 13:34:52

प्रतिकृया दिनुहोस्