युएस ओपन च्याम्पियन थिएम दोस्रो चरणमा प्रवेश

युएस ओपन च्याम्पियन डोमिनिक थिएम फ्रेन्च ओपन टेनिसकाे दोस्रो चरणमा प्रवेश गरेका छन् । 

क्रोएसियाका मारिन सिलिकलाई ६–४, ६–३ र ६–३ को सेटमा पराजित गर्दै थिएमले दोस्रो चरणमा स्थान बनाएका हुन् ।

याेसँगै दोस्रो बरियताका राफेल नाडाल र थिएम यो वर्ष प्रतियोगिताको अघिल्ला चरणमा आमनेसामने हुने सम्भावना छ।

यता रुसका चौथो बरियताका डानिल मेडभेडेभ भने मार्टन पुस्सोविससँग पराजित भएर बाहिरिएका छन्।

प्रकाशित मिति: : 2020-09-29 06:38:36

प्रतिकृया दिनुहोस्