सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापामा निर्माण गरिएका तीनवटा भवनको उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले भवनको उद्घाटन गरे।
भवन उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले यो वर्ष झापामा नौ वटा वोर्डर आउटपोष्ट थप गर्न लागिएको बताए। कोभिड १९ को बव्दो स।क्रमणका बीच पनि सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रमा प्रहरीले प्रभावकारी काम गरेको बताए।
वंशीराज दाहाल– सशस्त्र प्रहरी नायव महानिरीक्षक–सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालय
संघीय सरकारबाट आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वजेटले महिला ब्यारेक ३१ लाख ८५ हजार १ सय २० रुपैयाँ, जवान व्यारेक ४० लाख २४ हजार ८ सय ८ रुपैयाँ र मेस ब्लक १९ लाख ७५ हजार १ सय ४२ हजार रुपैयाँमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार पाण्डेले बताए।
झापामा यो वर्ष कचनकवल ५ पाठामारी, भद्रपुर ५ भन्सार कार्यालय झापा गाउँपालिका ५ पन्थापाडा, मेचीनगर १ तिरिङ,गौरीगञ्ज २ आँपगाछी, भद्रपुर ३ महेसपुर, मेचीनगर ५ नकलबन्धा, मेचीनगर १५ ज्यामिरगढीमा बोर्डर आउटपोष्ट निर्माण हुन लागेका हुन्। यो संगै झापामा सशस्त्र प्रहरी वलका १८ वटा वोर्डर आउटपोष्ट हुने भएका छन्।