बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–प्रचण्डबीच छलफल

मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

आइतबार नै मन्त्रिपरिषद पुनर्गठनकै लागि प्रधानमन्त्रीले आइतबार मध्यान्न आकश्मिक बैठक डाकेका थिए।

तर, ओली दाहालबीच कसलाई हटाउने र कसलाई राख्ने विषयमा सहमति नजुट्दा अन्तिम समयमा रोकिएको थियो।

अध्यक्ष प्रचण्ड सबै मन्त्रीहरुलाई एकै पटक हटाएर केहीलाई फेरि नियुक्त गर्ने पक्षमा छन् भने ओली केही मन्त्रीलाई मात्रै फेर्ने अडानमा छन्।त्यसबारे अन्तिम टुंगो लगाउन अहिले छलफल भइरहेको हो।

प्रकाशित मिति: : 2020-09-28 13:45:07

प्रतिकृया दिनुहोस्