‘देशभर अक्सिजन सहितका कोभिड उपचार केन्द्र थप्‍नुपर्छ

थाहा खबर

काठमाडौँ

अतिन आचार्य
पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभरका कोभिड अस्पतालमा उपचारार्थ आएका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। निको भएर जानेको पनि संख्या उल्लेख्य छ। कोरोना निदान गर्ने औषधि पत्ता नलागेको समयमा रेमडिसिभर र प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गरिएको छ। तर यो नै कोरोनाको अचुक औषधि भने होइन। महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञा पनि यतिखेर खुकुलो पारिँदैछ। दशैं र तिहारजस्ता मानवीय गतिवधि र जमघट धेरै हुने प्रमुख चाडपर्वहरू पनि आउँदैछन्‌। यी चाडपर्वमा मानिसहरू रमाउँदै गर्दा संक्रमण हुने जोखिम उत्तिकै छ। अबका दिनमा संक्रमण रोकथाम, उपचारको व्यवस्था र सजगता कसरी अपनाउने त ? बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा. प्रविण नेपालसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

केही जिल्लामा कोरोना संक्रमितको संख्या बिस्तारै घटिरहँदा काठमाडौं उपत्यकामा संक्रमण दर बढिरहेको छ, यो स्थितिलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ?

अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकामा जनघनत्व पनि बढी छ। परीक्षणको दायरा पनि मुलुकभरमा सबैभन्दा बढी यहीँ उपत्यकामा भइरहेको छ। संक्रमित बढ्नुको मूख्य कारण दीर्घरोगीहरू उपचार गर्नका लागि यहाँ बस्ने गरेका छन्। पछिल्लोपटक सबैतिर खुला भएकोले पनि मानिसको चाप बढ्न थालेको छ। अन्यत्रबाट आएका मानिसको कारण संक्रमण बढ्न थालेको छ। धेरै समयपछि खुला भएकोले मानिसहरूबीच सम्पर्क बढ्दा पनि उपत्यकामा संक्रमण ह्वात्तै बढ्दै गएको हो।
 

प्रकाशित मिति: : 2020-09-27 08:28:20

प्रतिकृया दिनुहोस्