लोबुचे हिमाल चढ्न बहराइनका राजकुमारको टोली हेलिकप्टरमार्फत लुक्ला प्रस्थान (भिडियो)

खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली हेलिकप्टरमार्फत लुक्ला प्रस्थान गरेको छ।

कैलाश हेलिकोप्टरमार्फत मोहम्म हामिद मोहम्म अल खलिफासहितको टोली लुक्ला प्रस्थान गरेको हो।

उनीहरु बुधबार विमानमार्फत लुक्ला जाने कार्यक्रम भएपनि मौसममा आएको खराबीका कारण आज त्यसतर्फ प्रस्थान गरेका हुन्।  

मनास्लु र लोबुचे हिमाल आरोहणका लागि भदौ ३१ गते उनीहरु बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे नेपाल आएका थिए।

दूतावासका अनुसार, यो टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली ल्याएको एभ्रो विमान सोही दिन फर्किएको थियो। 

लोबुचे हिमाल आरोहणपछि उनीहरु मनास्लु हिमाल आरोहण गर्नेछन्।

लोबुचे हिमाल आरोहणका लागि दुई हप्ता र मनास्लु हिमाल आरोहणका लागि १ महिना समय लाग्ने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाले बताए। 

प्रकाशित मिति: : 2020-09-24 12:57:13

प्रतिकृया दिनुहोस्