बामे सरिरहेकाे कमरेड सुनिलकाे गाउँ

Breaknlinks
Breaknlinks

वि.सं. २०७४ पुस महिनाकाे पहिलाे साता राेल्पास्थित 'सुवर्णावती गाउँपालिका'को नाम परिवर्तन गर्ने विषयमा चर्काे विराेध भयाे। त्यतिबेला उक्त गाउँपालिकाकाे नाम परिवर्तन गरी ‘सहिद सुनिल स्मृति गाउँपालिका’ राख्ने प्रस्ताव आएकाे थियाे। माओवादी जनयुद्धमा सहिद बनेका क.सुनिल (किमबहादुर थापा) नामबाट गाउँपालिकाकाे नामाकरण गर्ने प्रस्ताव आएकाे थियाे।

स्थानीयकाे चर्काे विराेधका बीच पुस १२ काे गाउँसभा भेलाले बहुमतबाट 'सुवर्णावती गाउँपालिका'को नाम परिवर्तन गरी ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरणा गरिएकाे थियाे।

प्रस्तुत तस्वीरहरू उनै क.सुनिल (किमबहादुर थापा)काे गाउँका हुन्। विभिन्न घटना क्रमसँगै याे गाउँ अहिले विकासकाे गतिमा अघि बढिरहेकाे छ।

क.सुनिल जनयुद्धकै क्रममा वि.सं. ०६२ सालकै मंसिर १४ गते रोल्पा र सल्यानको सिमानामा पर्ने जिनावाङमा तत्कालिन शाही सेनाले हवाइ आक्रमणमा परी मरेका थिए। 

वास्तवमा भन्ने हो भने त्यही घटनाले माओवादीलाई तत्कालिन समयमा अझै विद्रोही बनाउन सहयाेग ठूलाे सहयाेग गर्‍यो।

सुनिलकाे सम्झनामा आयोजना गरिएको कार्यक्रमसँगै माओवादीले लोकतान्त्रिक जनप्रदर्शनलाई मूर्त रुप दियो। उक्त लोकतान्त्रिक जनप्रदर्शनमा जनताको सहभागी यति धेरै थियो कि त्यही क्षणबाट जनमुक्ति सेनाको गण्डक केन्द्र अभियान सुरु भयाे।

त्यसाे त ज्यान गुमाउनुभन्दा केही समयअघि मात्रै क. सुनिल (किमबहादुर थापा) ले जनमुक्ति सेनाको पाँचौँ डिभिजन कमाण्डरको जिम्मेवारी पाएका थिए।

प्रकाशित मिति: : 2021-10-20 19:35:00

प्रतिकृया दिनुहोस्