चन्द्रागिरीमा बाल उद्यान खाेई ?

राेसन दानी

काठमाडौं
Breaknlinks
Breaknlinks

चन्द्रागिरी नगरपालिका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्यकाे रूपमा विकसित भइरहेकाे छ। राजधानीकाे काेलाहालबाट छुटकारा लिएर र शान्त वातारणमा रमाउन चाहनेहरूका लागि चन्द्रागिरी नजिककाे रमणीय स्थल हाे।

दिनप्रति दिन शहरीकरणकाे मध्यविन्दुमा रहेकाे चन्द्रागिरी नगरपालिमा व्यवस्थित रूपमा बस्ती विकास हुन नसक्दा यहाँकाे साैन्दर्य हराउँदै गएकाे हाे कि भन्ने लाग्नु स्वाभाविकै हाे।

राजनीतिक परिवर्तनसँगै साविकका गाउँ विकास समितिबाट रूपान्तरित चन्द्रागिरी नगरपालिमा विकासले गति लिएसँगै भाैतिक पूर्वाधारहरूकाे पनि विकास नभएका हाेइनन्। शिक्षा, स्वास्थ, यातायातकाे विकाससँगै पर्यटकीय गन्तव्य पहिचान तथा याेजनाहरूले नगरमा प्राथमिकता पनि पाउँदै आएका छन्। सबै राजनीतिक दलहरूले विकास र समृद्धिलाई मुख्य चुनावी एजेन्डा र नारा बनाउँदै आएका छन्।

बालवालिका भविष्यका कर्णदार हुन्। यही भविष्यका कर्णदार र भावी पुस्ताका विषयमा भने स्थानीय सरकारले गम्भीर भएर आफ्नाे एजेन्डामा समावेश गर्न सकिरहेकाे छैन्। बालबालिकालाई अति आवश्यक र नैसर्गिक अधिकार मध्ये शिक्षा, स्वास्थ्य, खानपान र खेलकुद पनि अतिआवश्यक कुरा हुन्। चन्द्रागिरीमा बालबालिकालाई चाहिने मनाेरञ्जनका लागि सरकारी स्तरीयबाट उद्यानकाे परिकल्पना र याेजना बन्न नसक्नु दुखदायी विषय हाे।

०७५ चैत २१ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे  बैठकले उधान विकास तथा व्यवस्थापन कार्यविधि २०७५ बनाएर कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयमा पत्र पठाएको थियाे।

उद्यानमा बालबालिका खेल्ने क्षेत्र, पोखरी, चौतारी र जेष्ठ नागरिकहरूका लागि आराम गर्ने स्थल, शौचालय, कार्यालय भवनका साथै  बगैँचा समेत रहनु आवश्यक हुन्छ। उद्यानमा चारैतिर सुन्दर पर्खाल, बीच भागमा पानीको फोहरा, लाइटिङ, आरामका लागि प्याराफिट निर्माण लगायतका संरचना बनाइनुपर्छ। आकर्षक फूलहरुका बोट राेपिनु पर्छ। फोहोरमैला व्यवस्थापनका लागि 'डस्टविन' ‘फोहरमलाई’, ड्यासिङ कार, डुङ्गा, रोटेपिङ, चर्का, ब्रेक डान्स लगायत मनोरञ्जन लिन सकिने आधुनिक साधनहरु राख्न सकिन्छ।

बालबालिकालाई मनोरञ्जन र पर्यटन प्रवर्द्धन गर्न चन्द्रागिरीमा बाल उद्यान सञ्चालनमा ल्याउन सके नमुना नगरपालिकामा एउटा इँट्टा थप्ने काम हुने थियाे।

पर्यटकीयलाई बाल उद्यान, मनोरञ्जन पार्क, साइकल पथसहित आकर्षक बनाउन जरुरी रहेकाे छ। चन्द्रागिरीमा समग्र बालबालिकाहरूकाे खेल्न पाउने र रमाउन पाउने अधिकारकाे सुनिश्चित गर्न नगर प्रमुख घनश्याम गिरी र समग्र कार्यपालिकाका सदस्यहरूले यस तर्फ साेच्ने कि ?

प्रकाशित मिति: : 2021-10-29 12:40:00

प्रतिकृया दिनुहोस्