असोज १ देखि भर्नाका लागि मात्र विद्यालय खुल्ने

चर्को जनदबाबले निषेधाज्ञा खुकुलो बनाए पनि असोज १ गते विद्यालय पठनपाठनका लागि नखुल्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार असोज १ गतेदेखि विद्यालय भर्नाको लागि मात्र खुल्ने बताए । 

नका अनुसार कोरोना महामारी नियन्त्रणमा नआएका कारण अहिले नै भौतिक रुपमा कक्षा सञ्चालन गर्न सकिँदैन । 

शिक्षा विभागले पनि दूर शिक्षा प्रणाली या वैकल्पिक माध्यमबाट मात्रै विद्यालयस्तरको पढाइ हुने जानकारी दिएको छ । यसका लागि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ गत साता सार्वजनिक गरेको थियो । 

त्यसमा विद्यार्थीमा प्रविधिको पहुँचका आधारमा ५ वटा माध्यमबाट पढाउन निर्देशन गरिएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, इन्टरनेट भए-नभएको आधारमा कक्षा सञ्चालन गर्न भनिएको छ । 

तर दुई तिहाई बालबालिका अझै दूर शिक्षाको पहुँचमा नभएको युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । चैतदेखि बन्द भएका शिक्षण संस्था अझैसम्म खुल्न सकेका छैनन् । विद्यालय बन्द हुँदा ८७ लाख बालबालिका पढ्न पाउने अधिकारबाट वञ्‍चित छन् । 

प्रकाशित मिति: : 2020-09-15 17:23:53

प्रतिकृया दिनुहोस्