वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि नेकपाको स्थायी कमिटी बैठकले गौतमलााई राष्ट्रियसभामा पठाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो। गौतम बर्दिया क्षेत्र नम्बर १ बाट २०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए।

मन्त्रिपरिषद्को सोमबारको बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी निर्णय हुने चर्चा चले पनि बैठकमा त्यसबारे छलफल भएन। बैठकमा यसबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले जानकारी दिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले आइतबार अवकाश पाएका थिए।
 

प्रकाशित मिति: : 2020-09-14 21:33:52

प्रतिकृया दिनुहोस्