कुलमान घिसिङले ऊर्जा क्षेत्रमा पुर्‍याएकाे योगदान नेपालीले कहिल्यै बिर्सने छैनन् : नेकपा प्रवक्ता

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योगदानलाई नेपाली नागरिकले नबिर्सिने बताएका छन्।

कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि नेकपा प्रवक्ता श्रेष्ठले मंगलबार ट्वीट गर्दै यस्तो बताएका हुन्। उनले ट्वीटमा भनेका छन्, ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले ऊर्जा क्षेत्रमा पुर्याएको योगदानलाई नेपाली नागरिकले कहिल्यै बिर्सन छैनन्।’

बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।

— NKShresthaPrakash (@nksthaprakash) September 14, 2020

साथै प्रवक्ता श्रेष्ठले घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताए। 

प्रकाशित मिति: : 2020-09-14 15:12:09

प्रतिकृया दिनुहोस्