शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानमा कोरोना भेटिएपछि सोमबारको उडान स्थगित

बिएल संवाददाता

काठामाडौं ।
फाइल तस्बिरः

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियाअन्तर्गत शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानलाई कोेरोना देखिएपछि सोमबारको उडान स्थगित गरिएको छ। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै भदौ २९ गते लिबिया जान लागेक सेनाको केही जवानमा कोरोना पुष्टि भएपछि हाललाई उडान स्थगित भएको जानकारी दिएको छ । 

काभ्रेपलाञ्चोकको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षण गर्दा उनीहरुमध्ये केहीलाई कोरोना संक्रमण देखिएको ले जनाइएको छ । 

कोरोना पोजेटिभ देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको स्वास्थ्य परीक्षणपति मात्र अर्को रोटेसन उडान तय गरिने  निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-13 22:54:50

प्रतिकृया दिनुहोस्