पछिल्लो २४ घण्टामा मुलुकमा थप १०३९ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेहरूको संख्या ५४१५९ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११७३ जना निको भएर घर फर्किएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३८६९७ पुगेको छ। यो ७१.५ प्रतिशत हो।
हाल मुलुकमा १५११७ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ७७३० जना संस्थागत आइसोलेसनमा र ७३८७ जना होम आइसोलेसनमा रहेका छन्। हाल क्वारेन्टिनमा ६३५४ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा ९१६५ वटा नमूना पीसीआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार हाल आइसोलेसनमा १६९ जना र भेन्टिलेटरमा २३ जना सिकिस्त बिरामीहरू रहेका छन्।
मन्त्रालयका अनुसार मुलुकका ६ वटा जिल्लामा कोरोना संक्रमण शून्य रहेको छ।
सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा संक्रिय संक्रमितको संख्या शून्य छ।
यस्तै ८ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, ललितपुर, भक्तपुर र रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९ जनाको ज्यान गएको छ। यो सँगै मृत्यु हुनेको कुल संख्या ३४५ पुगेको छ।
संक्रमित कहाँ कति