कोरोना कहर : के होला डेढ लाख लोकसेवा परीक्षार्थीको भविष्य?

थाहा खबर

काठमाडौँ

श्याम राई
कोरोना महामारीका कारण चैतयता विद्यालय,विश्वविद्यालय, लोकसेवा आयोग लगायतका परीक्षा रोकिएको छ।

दिनप्रतिदिन कोरोना संक्रमित भेटिरहेको अवस्थामा झनै लोकसेवा आयोगको परीक्षा सञ्चालनबारे अन्योलता छाएको छ। यसले परीक्षार्थी अहिले चिन्तित र तनाव लिएर बस्न बाध्य छन। लोक सेवा आयोगका अनुसार प्राविधिक, अप्राविधिक लगायतको सहसचिव विज्ञापन बाहेकका सबै परीक्षा लकडाउन र निषेधाज्ञाले स्थगित भएका छन्।

कोरोना संक्रमण दर बढिरहेकाले दशैँ अगाडि परीक्षा सञ्चालन हुने अवस्था पनि न्यून रहेको आयोगका पदाधिकारीहरुले बताएका छन्। लोकसेवा परीक्षाको विषयमा अवस्था सामान्य भएपछि मात्रै सञ्चालन गर्न सकिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदी बताउँछन्।
 

प्रकाशित मिति: : 2020-09-10 20:45:40

प्रतिकृया दिनुहोस्