प्रहरीले नुवाकोटमा अवैध रुपमा खोलाबाट बालुका निकाल्ने ११ सवारीसाधन नियन्त्रणमा लिएको छ।
बेलकोटगढी नगरपालिका २ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ बालुवा उत्खनन गर्न प्रयोग गरिएका १ स्काइभेटर, ७ टिपर र ३ आइचर गरि ११ वटा सवारीसाधनलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हाे।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुंवरीबाट खटिएको प्रहरीले उक्त सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।
अनुमति बेगर रातिको समयमा खोलबाट बालुका निकाल्ने गरेको सुचनापछि प्रहरीले उक्त क्षेत्रको निरिक्षण गरेको थियो। बालुका उत्खनन् कार्यमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।