निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ टुटल र पठाओका सेवाहरू नियमित हुन थालेका छन्। राइड सेयरिङ सेवाहरू दिने नेपाली कम्पनी टुटल र पठाओले नियमित सेवा थालेको छ। उपत्यकामा निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो।
नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थालेको छ। राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका म्यानेजर आयुस कार्कीले जानकारी दिए।
सरकारले जोर विजोरको आधारमा निजी मोटरसाइकललाई चल्न पाउन अनुमति दिएपछि आफूहरूले सेवा सुरु गरेको कार्कीले जानकारी दिए।
उनले लामो समयदेखि राइडरहरु बेरोजगार भएकोले उनीहरुबाट कुनै प्रकारको कमिसन नलिइनेसमेत उनले जानकारी दिए।
पठाओले नियमित सेवा सुरु नगरे पनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ। पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ ।
सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने गरिएको उनले बताए । अब नियमित सेवामा जान अन्तिम तयारी भइरहेको पठाओले बताएको छ।