सुनसरी-मोरङ करिडरका उद्योग : न चलाउन सकिन्छ, न त बन्द गर्न !

थाहा खबर

विराटनगर

ध्रुव भट्टराई  
सुनसरी–मोरङ औद्योगिक करिडरमा प्रदेश १ कै सबैभन्दा ठूलो औद्योगिक ग्राम छ। यस क्षेत्रमा एकीकृत रुपमा साना–ठूला करिब ५ सयभन्दा बढी उद्योग खोलिएका छन्। 

कोरोना कहरबीच लकडाउनका बेला डेढ महिनासम्म यस क्षेत्रका उद्योग पूर्ण रुपमा बन्द भएका थिए। लकडाउन खुकुलो भएपछि यतिखेर उद्योगहरु फाट्टफुट्ट पुन:सञ्‍चालन हुन थालेका छन्‌। तर, सहजै सञ्‍चालन भइरहेका छैनन्‌। 

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनको स्वरुप बदलेर जिल्ला-जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। यहाँका उद्योगहरू पनि त्यसकै मारमा परेका छन् । 
 

प्रकाशित मिति: : 2020-09-10 10:17:54

प्रतिकृया दिनुहोस्