दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाकको न्युयोर्कमा रहेका राधाकृष्ण देउजा आर्थिक सहयोग गरेका छन्।
करिब एकसाता गोफण्डमार्फत् आर्थिक संकलनार्थ ३ लाख ५७ हजार एक सय ६७ रुपैया नेपाली रुपैयाँ उनकी छोरी सुस्मीता बाँनियालाई हस्तान्तरण गरिएको हो।
जीवनभर पत्रकारिता बाहेक कुनै काम नगरेका पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा यो अभियान सुरु गरिएको र ३ हजार ५० डलर ९७ सेन्टरस जम्मा भएपछि अभियान बन्द गरिएको देउजाले बताए । उनले छोरा छोरीको शैक्षिक अवस्थामा आर्थिक कारणले अवरोध आए थप सहयोग जुटाएर पठाउन तयार रहेको समेत बताए।
‘इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर यो सहयोग संकलन गरेको हुँ’, उनले भने ‘भविष्यमा छोरा छोरीको शिक्षा दिक्षामा आर्थिक कारणले अवरोध आएको थाह पाए त्यसमा पनि सकेको सहयोग जुटाउने छु ।’
काभ्रेका स्थायी बासिन्दा भएका देउजा लामो समयदेखि अमेरिका बस्दै आएका छन्। उनी विभिन्न सामाजिक काममा सक्रिय रहेका छन् ।