चार वर्षीय बालिका बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।
पोखरा महानगरपालिका ५ पस्र्याङका ७८ वर्षीय एक नारायण बराललाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभाष हमालले जानकारी दिए।
बरालले आफन्त नभएको मौका छोपी बलात्कार गरेको बालिकाको परिवारको दावी छ।
भाद्र २२ गते परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रबक्ता हमालले जानकारी दिए।