चीनद्वारा अमेरिकी मिडियालाई लक्षित गर्दै नयाँ भिसामाथि प्रतिबन्ध!

बेइजिङ र वासिंटनबीच बढ्दो द्विपक्षीय तनावमा एक अर्काका सञ्चारगृहलाई लक्षित गर्दै आएका छन्। चीनमा अमेरिकी समाचार संस्थाका लागि काम गर्ने विदेशी पत्रकारमाथि चिनियाँ अधिकारीले नयाँ भिसामा प्रतिबन्ध लगाएको छ।

सामान्य रूपमा एक वर्षको लागि मान्य हुने भिसाको नविकरणका लागि गत साता पुगेका पत्रकारलाई नविकरण प्रकृयामा केही अदलबदल रहेको भन्दै  मिति सकिएको कार्ड र पत्रकार परिचय पत्र साथमै राखेर हिँड्न आग्रह गरेको छ।

पत्रकारलाई पहिचानको प्रमाणका रूपमा उनीहरूको म्याद समाप्त भएको प्रेस कार्डसँगै पत्र बोक्न सल्लाह दिएको समाचार संस्था सिएनएनले जनाएको छ।

चिनियाँ भिसा उनीहरूको प्रेस कार्डमा जोडिएको हुनाले यी पत्रकारहरूलाई दुई महिनाको लागि वैद्य नयाँ भिसा दिएको थियो। यसअघि एक वर्षको नविकरण हुने गरेको थियो।

चिनियाँ अधिकारीहरूले अस्थायी प्रेस प्रमाण पत्रहरू  र उनीहरुसँग जोडिएको भिसा कुनै पनि समय खारेज गर्न सकिने बताएका छन्। यसले प्रभावित पत्रकारलाई कहिलेसम्म चीनमा बस्न पाउने भन्ने अनिश्चितता थपेको छ ।

सोमबार जारी विज्ञप्तिमा विदेशी संवाददाता क्लब अफ चाइना (एफसीसीसी) ले हालका चार  अमेरिकी समाचार संस्थाका कम्तिमा ५ जना पत्रकार प्रभावित भएका उल्लेख गरेका छ। जसमा सीएनएन, जर्नल र ब्लूमबर्गसहितका छन्।

गत मे महिनामा वासिंटनले पनि अमेरिका बेस भएर कार्यरत चिनियाँ पत्रकारहरूको बसाइ ९० दिनमा सीमित राखेको थियो। 

अमेरिकामा रहेका चिनीयाँ पत्रकारका विषयमा अमेरिकी अधिकारीले भिसा बढाउने बारे कुनै जानकारी नदिएको बेइजिङले दाबी गरेको छ। यसले उनीहरूको काम र जीवनमा प्रत्यक्ष असर गरेको चीनको ठहर छ।

यदि यस बिचमा कुनै नयाँ अनुमोदन प्राप्त नभए  चिनियाँ पत्रकारहरूले नोभेम्बरको सुरूतिर संयुक्त राज्य अमेरिका छोड्नुपर्नेछ।

केही समयदेखि अमेरिकाले चिनियाँ मिडिया बिरूद्ध राजनीतिक उत्पीडन बढाइरहेको चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित पत्रकार सम्मेलनमा बताएका छन्।

‘अमेरिकाले चिनियाँ मिडिया बिरूद्ध भेदभावपूर्ण कदम चालेको छ र अमेरिकामा चिनियाँ पत्रकारलाई पनि चीनलाई दबाब दिन बन्धक बनाएको छ साथै प्रेसको तथाकथित स्वतन्त्रतामाथि आफ्नो कपट देखाउँदै छ’, उनले भने, ‘यदि अमेरिकाले वास्तवमा चीनमा रहेका आफ्ना पत्रकारको ख्याल राख्छ भने, त्यहाँ रहेका सबै चिनियाँ पत्रकारलाई सकेसम्म चाँडो भिसा दिनुपर्दछ।’

उनले अमेरिकाले आफ्नो नीतिमा परिवर्तन नगरे आफूहरू पनि जवाफी चासो राख्न बाध्य हुने बताए।

‘यदि अमेरिकाले गलत मार्गमा जान जोड दियो भने चीनले हाम्रो वैधानिक अधिकार र चासोहरू दृढताका साथ कायम गर्न आवश्यक कदम चाल्न बाध्य हुनेछ,’ उनले भने।

पूर्व एसिया र प्रशान्त मामिलाका लागि अमेरिकी विदेश विभागका सहायक सचिव डेभिड स्टिलवेलले अमेरिकी सरकारले चिनीयाँ संस्थामा काम गर्ने पत्रकारलाई स्वतन्त्र समाचारको संगठनहरू सट्टा ‘सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले प्रभावकारी रूपमा नियन्त्रण’ गरेको प्रचार प्रसारको रुपमा हेरिरहेकाले यस्तो अवस्था आएको बताए।

गत बुधबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा स्टिलवेलले अमेरिकी मिडिया बिरूद्ध बेइजिङले चालेको ‘पारस्परिक' कदमको प्रतिशोध भएको बताएका थिए।

उनले अमेरिकामा १५० वा सोभन्दा बढी चिनियाँ कूटनीतिज्ञ रहेको भन्दै चिनियाँ राज्य मिडियाका मान्छे जो अमेरिकामा प्रचार प्रतिबन्धको मन्त्रालयका लागि काम गर्ने बताए। उनीहरूले अमेरिकामा कुनै पनि प्रतिबन्ध बिना सञ्चालित भइरहेको बताए। उनले चीनमा अहिले केही मुठीभर अमेरिकी पत्रकार मात्र बाँकी रहेको भन्दै उनले यस्तो प्रतिशोधको राजनीति रोक्न माग गरेका छन्।

प्रकाशित मिति: : 2020-09-07 18:21:56

प्रतिकृया दिनुहोस्