स्वाव दिएर बजार डुल्नाले राजधानीमा कोरोना बढ्योः काठमाडौं प्रमुख जिल्ला अधिकारी 

काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना महामारीको त्रास बढ्दै गइरहेको छ।  गएको तिजको दरखाने दिन काठमाडौंकी एक महिलाले घरमा पाहुनालाई भेला पारेर दर खुवाइन्।  यी युवतीले दर खानदिनु अघि कोरोना परीक्षणका लागि स्वाव दिएर आएकी थिइन्। घरमा दर खुवाएर पठाईसकेपछि उनलाई कोरोना संक्रमण देखियो। 

त्यस्तै ललितपुरमा रातो मछेन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबिच झडप भयो। स्थानीयको हुल नियन्त्रण गर्न खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण देखा पर्‍यो।  यी त देखिएका उदाहरण मात्र हुन्।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिने क्रम बढ्दो छ। उक्त संक्रमण फैलिन नदिन उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गतेसम्म निषेधाज्ञा जारी गरेका छन्। 

तर कोरोना परीक्षणका लागि स्वाव दिएर बाहिर हिँडेका कारण कोरोना संक्रमण बढ्ने गरेको अनुमान गरिएको छ।

स्वाव दिएकाहरू खुलेआम मानिसको भीडभाडमा जाने गरेका कारण संक्रमितहरुका कारण अन्यलाई सर्ने गरेको काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

बिएल नेपाली सेवासँगको कुरा गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘कोरोना सर्नुमा हामी आफैंले सावधानी नपनाएर हो। संक्रमण फैलिन नदिन हामीले निषेधाज्ञा जारी गरेका छौं, अनि भ्याली छिर्ने नाका शील पनी गरेका छौं। तर, आम नागरिकले गम्भीरता नदेखाउँदा यो समस्या बढ्यो’, उनले भने, ‘स्वाव दिएका मानिसहरू रिपोर्ट नआउन्जेलसम्म बाहिर निस्कन मिल्दैन, तर त्यसो गरेको देखिएन।’ 

दिनमा हजारौले स्वाव दिएका हुन्छन्, उनीहरुको पछि लागेर साध्य नहुने भन्दै उनले उनीहरू स्वयमले विचार गर्नुपर्छ, कि रिपोर्ट नआञ्जेल बाहिर निस्कनु हुँदैन भिडमा जानु हुँदैन भनेर त्यसो नगर्दा कोरोना संक्रमण भ्यालीमा बढ्न थाल्यो’, प्रमुख जिल्ला अधिकारी दाहालले भने।

कोरोना परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य रूपमा क्वारेन्टिन बस्नू भनेर सरकारले भन्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब दिएपछि आफूलाई सम्भावित संक्रमित ठानेर क्वारेन्टिनमा बस्न पटक-पटक अपिल गरेका छन्।

सरकारको यो आग्रह कतैबाट पालना भएको छैन। यसैबाट जहाँ पछिल्लो समय कोरोना संक्रमितहरू धेरै भेटिएका छन्।

उपत्यकाका सिडिओको सुझावः नाकामा सेना परिचालनदेखि दसैंसम्म निषेधाज्ञा निरन्तर लगाउनुपर्नेसम्म

प्रकाशित मिति: : 2020-09-06 18:48:00

प्रतिकृया दिनुहोस्