परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल हाेम क्वारेन्टाइनमा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन्। ढकालका परिवारका एक सदस्यमा कोरोना पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्री ढकाल होम क्वारेन्टाइनमा रहेको पुष्टि गरे। तीन दिन अघि उनका परिवारका सदस्यमा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-09-06 17:23:17

प्रतिकृया दिनुहोस्