इलाम उपनिर्वाचनः सर्वदलीय बैठक सकियो, मतगणना ११ बजेदेखि

दुई ठाउँमा हुँदै मतगणना

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना बिहान ११ बजेदेखि मात्र सुरु हुने भएको छ। 

सर्वदलीय बैठक बस्दा ढिला भएपछि ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवी चरण फूएँलले जानकारी दिए। 

७ बजे बसेको सर्वदलीय बैठक ९ बजे सकिएको थियो। अब खाना खाएर मतगणना गरिने भएको छ। 

गौतम वुद्ध सभागृहमा हुने मतगणनामा दुई ठाउँमा मतगणना हुनेछ। आजै मतगणना सक्ने आयोगको तयारी छ। 

  

प्रकाशित मिति: : 2024-04-28 09:19:00

प्रतिकृया दिनुहोस्