बाढी पहिरो पीडितको अवस्था बुझ्न गृहमन्त्रीसहितको टोली बागलुङ प्रस्थान

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोली बागलुङमा प्रस्थान गरेका छन्। 

ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोट बाढी/पहिरो पीडितको अवस्था बुझ्न उनी नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्। 

गृहमन्त्रीसँगै सांसद देवेन्द्र पौडेल पनि बाढी पहिरो प्रभावित क्षेत्र निरिक्षण गर्न गएका छन्। 

गएराति सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । जसमा ८ पुरुष र ३ महिला रहेका छन् ।
 
घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । 
बाढीमा परी ३६ जना बेपत्ता भएका छन्। बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका झन्डै ५० देखि ५५ घर बगाएको छ । 

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । 

ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।

यता पहिरोमा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।

प्रकाशित मिति: : 2020-09-03 11:54:06

प्रतिकृया दिनुहोस्