आबेले प्रधानमन्त्री ओलीलाई दिए धन्यवाद

जापानी प्रधानमन्त्री सिन्जो आबेले आगामी दिनमा नेपाल-जापान सम्बन्ध थप विकसित हुने बताएका छन्।

स्वास्थ्यका कारण पदबाट राजीनामा घोषणा गरेका आबेले बुधबार बिहान ट्वीट गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिएका छन्।

आबेले चार दिनअघि आफ्नो स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीबाट राजीनामा घोषणा गरेका थिए।

उक्त समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

‘तपाईं बिरामी भएको सुनेर दु:ख लाग्यो। प्रधानमन्त्री आबे तपाईंको शीघ्र स्वास्थ्यलाभ र सु-स्वास्थ्यको कामना गर्दछु। तपाईंको बहुआयामिक नेतृत्वबाट नेपाल-जापान सम्बन्धमा धेरै फाइदा भएको छ,’ ओलीले ट्वीट गर्दै भनेका थिए।

उक्त ट्वीटलाई रिट्वीट गर्दै  आबेले लेखेका छन्त, ‘तपाईंका आत्मीय शब्दका लागि धन्यवाद प्रधानमन्त्री ओली। नेपाल-जापानको पुरानो सम्बन्ध आगामी दिनमा अझै विकसित हुनेछ भन्ने मेरो आशा छ।’ 

प्रकाशित मिति: : 2020-09-02 14:45:21

प्रतिकृया दिनुहोस्