चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न सरकारले दियाे अनुमति

मन्त्रिपरिषद्ले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने बाटो खुला गरिदिएको छ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न सकिने बताए।

कोरोना महामारीका कारण रोकिएका परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी पुन: सञ्चालन गर्न सरकारले नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको उनले बताए।

परीक्षार्थी परीक्षा केन्द्रसम्म आवतजावत र सुरक्षा व्यवस्था स्थानीय प्रशासनले मिलाउने उनले बताए।

‘प्रत्येक परीक्षार्थीको चारैतर्फ कम्तिमा दुई/दुई मिटर दूरी कायम रहने गरी एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी राखेर परीक्षा लिनुपर्नेछ,’ खतिवडाले भने।

प्रकाशित मिति: : 2020-09-01 21:15:19

प्रतिकृया दिनुहोस्