भोकविरुद्ध हन्ड्रेड्स ग्रुपका युवा, घर-घरमा राहतभन्दा नि:शुल्‍क भोजन

थाहा खबर

काठमाडौँ

राजु पौडेल  
रोजगार गुमेका व्यक्तिलाई खाद्यान्‍न अभाव नहोस् भनेर घर-घरमा राहत पुर्‍याउने सुरुवाती चरणमा लकडाउन भएपछि प्रभावकारी हुन सकेन। घरघरमा राहतभन्दा बरु सामूहिक भोजनले उनीहरूलाई थप सहज हुने देखेपछि विगत १ सय ५७ दिनदेखि नि:शुल्क अभियान सुरु गरिरहेका छौं।' हन्ड्रेड्स ग्रुपका संयोजक अन्शु यादवले आफ्नो सामूहिक खाना अभियानको मुख्य कारणबारे यसरी सुनाए।

१ सय ५७ दिन भोकमरीमा परेका र मर्न आँटेका मानिसलाई खाना खुवाउँदै हिँड्नु पक्कै सहज काम हुँदै होइन। तर, कोरोनाले ल्याएको बित्यास र यसले निम्त्याएको भोकमरी समस्याले आम जीवन अस्तव्यस्त बनेको दृश्य नौलो रहेन।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै पहिलो पटक चैत ११ गते लकडाउन गर्‍यो। त्यसपश्चात लकडाउनको अवधि थपिँदै गयो। दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका व्‍यक्तिको खाने बाटो मेटिँदै गयो।
 

प्रकाशित मिति: : 2020-08-31 15:57:22

प्रतिकृया दिनुहोस्