कोरोनाविरुद्ध खोप : परीक्षण तयारी गर्दै नेपाल, पाउने-नपाउने टुङ्गो छैन

थाहा खबर

काठमाडौँ

दिनेश न्यौपाने
आठ महिनादेखि विश्वले कोरोना भाइरस महामारी खेपिरहेको छ। विश्वका धेरै मुलुकका वैज्ञानिक यतिबेला यो महामारीबाट छुटकारा पाउन खोप निर्माणमा तल्लीन छन्। केही देशले खोपको परीक्षण समेत थालिसके।

कोरोना भाइरसबाट पूर्णरुपमा छुटकारा पाउने एउटै विकल्प भ्याक्सिन अर्थात खोप नै हो। अहिलेसम्म भइरहेका सबै प्रयास रोकथाम मात्रै हुन्। त्यसैले नेपालको नजर पनि विश्वमा निर्माण भइरहेका खोपमा केन्द्रित भएको छ।

कोरोना भाइरसविरुद्ध विभिन्न देशमा निर्माण भइरहेकामध्ये केही खोपको नेपालमा पनि परीक्षण तयारी थालिएको हो। चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षणका तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बद्ध अधिकारीहरूले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-08-29 08:07:14

प्रतिकृया दिनुहोस्