जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ

दाङमा जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन्। 

देउखुरीको राप्ती गाउँपालिका ३ निवासी २६ वर्षीय सन्दीप चौधरीलाई  प्रहरीले पक्राउ गरेको हो।

चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो। 

सर्वाेच्चको फैसल्लापछि फरार रहेका चौधरीलाई यही भदौ ९ गते राप्ती गाउँपालिकाको मसुरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

सर्वाेच्चको फैसलापछि उनी लुकेर बस्दै आएका चौधरीलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरिएको हो। पक्राउ परेका अभियुक्तलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ।

प्रकाशित मिति: : 2020-08-26 18:43:31

प्रतिकृया दिनुहोस्