स्वाब दिएकालाई घर बाहिर ननिस्कन सरकारकाे आग्रह

सरकारले कोरोना भाइरसको संक्रमण एकिन गर्न स्वाब दिएका व्यक्तिहरु रिर्पोट नआएसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्वाब दिएका र कन्ट्रयाक ट्रेसिङ्गमा आएका व्यक्तिबाट संक्रमण फैलिन सक्ने खतरा रहेकोले सुरक्षित भएर बस्न आग्रह गरेका हुन्। 

‘स्वाब संकलन पश्चात खुल्लामखुल्ला घर बाहिर निस्कने गरेको गुनासो आएका छन्। रिर्पोट नै नआई बाहिर निस्कदा संक्रमण बढेको छ  र बढ्ने खतरा छ,’ उनले भने। 

उनले रिर्पोट नआएसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्न र रिपोर्ट आएको दुई सातासम्म आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरे। 

नेपालमा कोरोना संक्रमितको संक्रमितको कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन्। जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन्।

यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन्। यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ। 

प्रकाशित मिति: : 2020-08-22 17:23:40

प्रतिकृया दिनुहोस्