यी हुन् बिहीबारकाे मन्त्रिपरिषद् बैठकका २४ निर्णय

सरकारले कोरोना भाइरसविरुद्धको लडाइँ थप प्रभावकारी बनाउने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद्को बैठक पूर्णरुपमा कोरोनाकै विषयमा मात्रै केन्द्रित भएको र कोरोनाविरुद्ध थप समन्वय गर्दै अघि बढ्ने निर्णय गरेको अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए।

अन्तर्राष्ट्रिय सीमा क्षेत्र र जिल्लाभित्र कोरोना सङ्क्रमित धेरै भएका स्थानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र त्यसको लागि स्थानीय प्रशासनले गस्ती गराउने पनि सरकारले जनाएको छ।

मापदण्ड पालना नगर्नेलाई कडाइका साथ कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । देशभित्रको आर्थिक चहलपहल शून्य नहोस् भनेर लकडाउन हटाएर स्वास्थ्यका मापदण्ड पालनालाई जोड दिइएको मन्त्रिपरिषदको निर्णय सुनाउँदै अर्थ मन्त्री खतिवडाले बताए।

काठमाडौं उपत्यकामा जोखिम बढ्दै गरेकाले ठूला क्वरेण्टीनको प्रबन्ध र सञ्चालन गर्न एकीकृत व्यवस्थापन समिति पनि गठन गर्ने सरकारले निर्णय गरेको छ । 

यी हुन् मन्त्रिपरिषदका बाँकी निर्णयहरू

प्रकाशित मिति: : 2020-08-21 19:24:25

प्रतिकृया दिनुहोस्