एसिड आक्रमण गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाइयो

जिल्ला अदालत काठमाडौंले एसिड आक्रमण गर्ने दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। 

बुधबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले मोहम्मद आलम र फैयाज आलमलाई थुनामा पठाएको हो। 

आदेशमा  एसिड पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ राहत दिन पनि भनिएको छ ।

उनीहरुले ओखलढुंगाकी पवित्रा कार्कीलाई गत साउन ८ गते बाफलमा एसिड प्रहार गरेका थिए।

प्रकाशित मिति: : 2020-08-20 19:59:10

प्रतिकृया दिनुहोस्