वालिङ नगरपालिका ११ स्वरेक टापुका एक पुरुष चितुवाको आक्रमणमा परी घाइते भएका भएका छन् ।
आफ्नै घरको आँगनमा बसेको अवस्थामा ६७ वर्षीय खगेश्वर पंगेनीलाई आइतबार राति चितुवाले आक्रमण गरेको हाे।
गोठमा रहेको भैैंसी ब्याएकाले उन आँगनमा कुरेर बसेका बेला राति २ बजे चितुवाको आक्रमणमा परेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको टाउको र दुवै हातमा घाउचोट लागेको छ ।
घाइते पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ उपचारपछि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।