नेकपाकाे सचिवालय बैठकलगतै बालुवाटार पुगे देउवा, ओली र प्रचण्डसँग छलफलमा

कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएलगतै बालुवाटार पुगेका छन्। 

केहीबेर अगाडी नेकपाको विवाद समाधनका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदललाई नेकपा सचिवालय बैठकले अनुमोदन गरेकाे थियाे। 

अनुमाेदन गरेसँगै प्रधामन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई भेट्न देउवासँग पुगेका हुन्।

तीन जना नेताहरुबीच विभिन्न संवैधानिक निकयमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ। 

छलफलमा कांग्रेसका नेता रमेश लेखक पनि सहभागी छन्। नेकपाको विवाद समाधान उन्मुख देखिएसँगै ओलीले मन्त्रिमण्डल पुनर्गठन तथा मुख्यमन्त्री हेरफेरको तयारी पनि थालेका छन्।
 

प्रकाशित मिति: : 2020-08-17 12:05:06

प्रतिकृया दिनुहोस्