अमेरिकाको ओहायो राज्यको सिनसिटीका बेग्लाबेग्लै स्थानमा भएको गोलीकाण्डमा परेर १७ जनाको ज्यान गएको छ।
यहाँको स्थानीय समय अनुसार आइतबार बिहान भएका फरक फरक हमलामा उनीहरुको मृत्यु भएको हो । राज्यका सहायक प्रहरी प्रमुख पाउल नउडिका अनुसार पहिलो गोलीकाण्ड ओभरदराईनमा भएको थियो । त्यहाँ भएको गोलीकाण्डमा १० जनामाथि गोली प्रहार भएको थियो । त्यहाँ २ जनाको मृत्यु भएको आशंका छ ।
त्यसपछि वालनट हिल्समा ३ जनाको गोली हानी हत्या गरिएको छ । त्यस्तै एभन्डेलमा ४ जनामाथि गोली हानेर मारिएको बताईएको छ । तर त्यहाँ २ जनाको मात्र मृत्यु भएको भन्ने खबर आएको छ, पुष्टि भैसकेको छैन।
रिपोर्टहरुका अनुसार ६० देखि ९० मिनेटभित्रमा तीनवटा गोलीकाण्ड भएका छन्। यद्यपि, प्रहरीका अनुसार ती तीन घटना एकअर्कासँग सम्बन्धित होइनन् । उक्त राज्यमा सन् २०१९ को तुलनामा २०२० मा गोलीकाण्डका घटनाहरु बढेका छन् ।
प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार यो तीन वटा घटनामा एकआपसमा कुनै सम्बन्ध छैन। सिनसिनाटीमा सन् २०२० मा गत वर्षको तुलनामा सुटिङको घटना बढेको छ।