संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहको एउटा आवासीय क्षेत्रमा दुई नेपाली मृत अवस्थामा फेला परेका छन्।
युएई प्रहरीका अनुसार गत शनिबार (साउन २४) मा शारजहाको एउटा आवासीय क्षेत्रमा फेला परेको फेला परेको शव नेपाली नागरिकको भएको स्थानीय गल्फ न्यूजले जनाएको छ।
आपसी झगडामा धारिलो हतियार प्रहारबाट दुई नेपालीको ज्यान गएको युएई प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार केजे २७ र एमआर ३७ नेपाली नागरिक भएको स्पष्ट पारेको छ। तर उनीहरू कहाँका हुन् र को को हुन् खुलाएको छैन। उनीहरूको शव प्रहरीले आरकन आवासीय क्षेत्रमा फेला पारेको थियो। प्रहरीका अनुसार उनीहरूको अनुहार, घाँटी, छाति र पेटमा गहिरो चोट थियो। यद्यपी घटनाको कारण पत्ता नलागेको गल्फन्यूजले जनाएको छ।
प्रहरीले शवको पोष्टमार्स्टमका लागि फोरेन्सिक प्रयोगशालामा राखेको छ।
प्रहरीका अनुसार शनिबार साँझ ७ बजे घटनाबारे प्रहरीमा खबर आएको थियो। तर प्रहरी घटनास्थल पुग्दा ठूलो भीडमा दुई व्यक्ति रगतमा लत्पतिएको अवस्थामा थिए।
तत्कालै उनीहरूलाई अस्पताल लगेपनि उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।