काठमाडौं कमलादीको १५ किलो सुन प्रकरणमा सर्वाधिक खोजी गरिएका इल्ताफ हुसेन अन्सारी पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हुसेनलाई नियन्त्रणमा लिएको हो।
अन्सारीलाई बाराको निजगढबाट महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो।
अन्सरीलाई सुन्धारामा बा.६च ५५१९ नम्बरको स्कार्पियोबाट सुन र पेस्तोलको झोला छाडेर फरार भएपछि प्रहरीले खोजिरहेको थियो ।
नक्कली नोट प्रकरणमा यसअघि पनि पक्राउ परिसकेका हुसेनलाई बाराको निजगढबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए।
साउन १३ गते प्रहरीले कमलादीमा फेला पारेको १५ किलो सुनमध्ये आधा केजी सक्कली र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको थियो।
सुन प्रकरणमा भारतीय नागरिक सञ्जय पटेलको पनि संलग्नता रहेको खुलेको छ। उनी प्रहरीको खोजी सूचीमा रहेका छन्। प्रहरीले सुन बरामत भएको भोलिपल्ट पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल, निलेश सखियालाई नियन्त्रणमा लिएको थियो। उनीहरु तीनै जना भारतीय नागरिक हुन्।
पक्राउ परेका हुसेन यसअघि २०७२ जेठ ३० गते नक्कली भारतीय नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए। जिल्ला अदाल ललिपुरले २०६७ जेठमा दोषी ठहर गर्दै तीन वर्ष कैद र २ करोड ६१ लाख रुफैयाँ विगो सुनाएको थियो।