पश्चिम रुकुम घटनामा मृत्यु भएका ६ जना युवकको परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधि मन्त्री युवराज खतिवडाले को चौरजहारी नगरपालिका ८ मा जेठ १० गते भएको घटनामा ज्यान गुमानेलाई आर्थिक सहयायता दिने जानकारी दिएका हुन्।
दलित युवाले कथित उपल्लो जातिकी केटी भगाउन खोजेको भन्दै गाउँलेले गरेको आक्रमणमा परि जाजरकोटको भेरी नगरपालिकाका नवराज विक लगायतका युवाको ज्यान गएको थियो। यो घटनामा नवराज विक, गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए।
उनीहरुको शव केही दिनको अन्तरमा भेरीमा भेटिएको थियो।
यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ।