केयू आजदेखि स्थगन

धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिन सम्मका लागि बिदा दिएको छ।

कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउनका लागि बिदा दिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले जानकारी दिए। 

उनले सोमबार सूचना जारी गर्दै भाइरसको सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप आजदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाए।

विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ। 

प्रकाशित मिति: : 2020-08-11 12:54:51

प्रतिकृया दिनुहोस्