प्रदेश २ मा आर्थिक वर्ष ०७६/०७७ मा भएकाे सवारी दुर्घटनामा ४२० जनाले ज्यान गुमाएका छन् ।
प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाको विभिन्न स्थानमा १३४० सवारी दुर्घटना हुँदा ४२० जनाले ज्यान गुमाएको २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका निमित प्रमुख तथा प्रहरी नायब उपरीक्षक राम ढकालले बताए ।
यस्तै ०७६/०७७ मा भएको दुर्घटनामा ९०५ जना गम्भिर घाईते तथा ९६२ जना समान्य घाइते भएका हुन् ।
प्रदेशको आठ जिल्लाका बिभिन्न चेक प्वाईन्टबाट एकबर्षमा एक लाख ९१ हजार ५२६ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गर्दा १२ करोड १६ लाख ६८ हजार ५ सय राजश्व संङ्कलन भएको प्रहरी नायब उपरीक्षक ढकालले जानकारी दिए।
यसैगरि मादक पदार्थ सेवनगरि सवारी चलाउने, हेल्मेट नलगाएको र ३/३ जना मोटरसाइकलमा सवारलाई कारवाही गरिएको छ ।