गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शवको सनाखत भएकाे छ। सनखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो।
त्यसपछि शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको हाे। उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने गरेकाे अनुसन्धान गरिरहेकाे एक प्रहरीले बताए।
आइतबार गोंगबु चोकनजिकै गणेशस्थान नजिक सुटकेशमा शव र केही पर जेब्रा झोलामा पुरूषको टाउको र खुट्टा फेला परेको थियो। कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो।