काठमाडौं उपत्यका छिर्ने नाकामा कडाइ, फर्काइयाे ७ हजार बढी सवारीसाधन

 सरकारलाले काठमाडाैं उपत्यका प्रवेशमा कडाइ गरेकाे छ। 

गृह मन्त्रालयका अनुसार हालसम्म अनुमति नलिइ काठमाडाैं प्रवेश गर्न खाेज्ने करिव ७ हजार ६ सय सवारीसाधन नियन्त्रनमा लिइएकाे छ। उक्त साधनलाई जुन जिल्लाबाट आएकाे हाे उतै फर्काउने व्यवस्था मिलाइएकाे गृहले जनाएकाे छ।

उक्त सवारी र हिँडेर उपत्यका प्रवेश गर्न खाेज्ने करिव १९ हजार ४ सय यात्रुलाई पनि नाकैबाट फिर्ता पठाएकाे छ।  

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)काे बैठकले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न नदिन सरकारलाई सिफारिस गरेको थियाे। 

यस्तै ताेकिएकाे निर्देशन विपरित चलाउने करिव ३ लाख ३७ हजार दुई र चार पाङ्ग्रे सवारी साधनलाई हाेल्ड गरिएकाे छ  भने  जाेर विजाेर प्रणाली विपरित चलाइएका करिव ५ हजार तीन सय सवारीसाधनलाई नियन्त्रण र हाेल्डिङमा राखेर कारवाही गरिएकाे गृहले जनाएकाे छ।

यस्तै बिना मास्क लगाएर हिँडने ३ लाख ९५ हजार जनालाई नियन्त्रणमा लिइएकाे छ भने कतिपयलाई जरिवाना समेत तिराइएकाे छ।

उपत्यकामा बढे संक्रमित

पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। 

आइतबारमात्रै उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण देखिएको थियाे। जसमा काठमाडौंमा ९० जना र ललितपुरमा २ जनामा संक्रमण देखिएको हो।

आइतबारसम्म उपत्यकाका तीनै जिल्ला गरि काेराेना संक्रमितकाे संख्या १ हजार १३६ पुगेको छ। 

यी तीन जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा बढी संक्रमित रहेका छन्। काठमाडाैंमा मात्रैै ९१२ जना काेराेना संक्रमण पुष्टि भएको छ। 

यता ललितपुरमा १३९ जना संक्रमित छन् भने भक्तपुरमा ८५ जना संक्रमित रहेका छन्।

उपत्यकामा लकडाउन अन्तय भएसँगै कोरोना संक्रमितको संख्यामा हवात्तै बृद्धि भएकाे छ। गत चैतमा ११ गते लकडाउन गर्दा २ जना मात्रै संक्रमित थिए। 
 

प्रकाशित मिति: : 2020-08-10 07:29:12

प्रतिकृया दिनुहोस्